सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अछाम। अछामको साँफेबगर नगरपालिका-३ मा करेसाबारी तथा बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
वाक नेपालद्धारा संचालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजना अन्र्तगत १७ जना महिला कृषकरुलाई तालिम प्रदान गरिएको हो । महिला कृषकहरुलाई तालिममा जैविक मल बनाउने तरिका,बाली पात्रो,बेमौसमी तरकारी लगाउने तरिका लगायतका विषयमा जानकारी दिईएको परियोजनाका सहजकर्ता गीता कठायतले जानकारी दिईन् । तालिमको सहजिकरण कृषि प्राविधिक डम्मरा कुँवरले गरेकी थिईन् ।
वाक नेपालका कोषाध्यक्ष छत्रमान ताम्राकारले कृषि क्षेत्रमा महिलाहरुलाई दक्ष बनाउने उदेश्यका साथ तालिम सचालन गरिएको बताए । अगुवा महिला कृषकहरुलाई कृषि कार्य गर्दा आईपर्ने सामान्य समस्याहरु समाधान आफै गर्न सक्ने खालको ज्ञान प्रदान गरिएको बताए । मंगलवार सुरु भएको तालिम बुधवार सम्पन्न भएको हो ।
..........