बाँकेमा हात्तीको आक्रमणबाट माउतेको घटनास्थलमै मृत्यु

बिहीबार, चैत २१, २०८१
Honor 600 pro

बाँके हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्जस्थित खड्गवार हात्तीसारमा रहेको गणेशगज नामक हात्तीको आक्रमणबाट ४५ वर्षीय कर्मचारी( माउते) आशाराम थारुको घटनास्थलमै मृत्यु भएको हो।

बर्दियाको ठाकुरबाबा नगरपालिका-९ घर भएर लामो समयदेखि सोही हात्तीको रेखदेख गर्दै आएका आशारामलाई गएराति साढे ८ बजे गणेशगजले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

१८ वर्षीय गणेशगज हात्तीलाई आहारा दिने क्रममा आशारामलाई उक्त हात्तीले आक्रमण गरेको थियो। हात्तीले पहिला आशारामलाई सुँढले हान्दै पछि किँचेर मारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आशारामले वि.सं.२०७३ सालदेखि उक्त हात्तीको रेखदेख गर्दै आएका थिए। सुरुमा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको उक्त हात्तीलाई बाँके राष्ट्रिय निकुञ्ज ल्याएदेखि नै आशारामले रेखदेख गर्दै आएका थिए।

बाँके राष्ट्रिय निकुञ्जले उक्त हात्तीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्