क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण

शनिबार, चैत १६, २०८१
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक, गैसस तथा साझेदारी विकास शाखाको आयोजनामा गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्थाहरुले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आर्थिक बर्ष २०८०-८१ मा सञ्चालित परियोजनाका साथै चालू आर्थिक बर्ष २०८१-८२ को फागुन मसान्तसम्म भएका परियोजनाहरुको प्रगति समिक्षा र प्रस्तुति गरेको सामाजिक, गैसस तथा साझेदारी विकास शाखा कृष्ण प्रसाद जोशीले बताए । त्यसक्रममा ५० वटा संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिमाथि छलफल समेत गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको गैसस समन्वय समितिले गरेको निर्णय अनुसार समिक्षा कार्यक्रम आयोजना गरिएको जोशीले बताए ।

नेपालगञ्ज क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले उपमहानगरपालिकाको पूर्व सहमति लिएर काम गर्दछन् । कुन गैरसरकारी संस्थाको कार्य क्षेत्र कुन हो, बजेट कति हो, कुन क्षेत्र (क्लष्टर) मा काम गर्ने हो, दातृ निकाय कुन हो भन्ने विषयमा उनीहरुले जानकारी गराएका थिए।

कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद समिति संयोजक समिर प्रताप सिंह, योजना तथा सुशासन समिति संयोजक भरतध्वज शाही, पूर्वाधार विकास समिति संयोजक बसन्त कुमार कनौजिया, विधायन समिति संयोजक मो. मुजम्मिल हलवाई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्