स्कारपियो घरको भित्तामा ठोक्किँदा चालकको मृत्यु

आइतबार, चैत ३, २०८१

काठमाडौं । अनियन्त्रित भएर स्कारपियो घरको भित्तामा ठोक्किँएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

Honor x7 pad

कैलालीको अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको बा १७ च९६४५ नम्बरको स्कारपियो गोदावरी नगरपालिका-३ स्थित चौकीडाँडामा रहेको बहादुर कडाराको पक्की घरको भित्तामा  ठोक्किँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

कैलाली प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चालक  कृष्णपुर नगरपालिका-४ का ३५ वर्षीय सिवित राना रहेका छन् । घरमा स्कारपियो ठोक्किँएर गम्भीर घाइते भएका चालक रानाको गए राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शनिबार साँझ दुर्घटना भए लगत्तै चालक रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्