टिपरको ठक्करबाट मोटरसाइकल सवार युवकको मृत्यु

शनिबार, चैत २, २०८१
honor २२ sept

काठमाडौं टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

X7D

आज बिहान काठमाडौंको तीनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट २६ वर्षीय युवक सुकराम तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि  आज बिहान साढे ४ बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरलाई  ठक्कर दिंँदा काभ्रे पनौती नगरपालिका ११ घर भएर ललितपुरको धापाखेल बस्दै आएका २६ वर्षीय सुकरामको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुकरामको  उपचारका क्रममा बिहान साढे ५ बजे ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ठक्कर दिने टिपर र  चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

टिपरको ठक्करबाट घाइते भएका काभ्रेको बेथानचोकका रमेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्