भिरबाट लडेर ४२ वर्षीय भण्डारीको घटनास्थलमै मृत्यु

सोमबार, फागुन २६, २०८१

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

Honor x7 pad

मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिएका छन्।

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममानदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताए । 

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए । 

शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्