तेस्रो साँफेबगर नगर प्रमुख तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट सम्पन्न, सुर्यचन्द्र मावि प्रथम

आइतबार, फागुन २५, २०८१

अछाम । साफेबगर नगरपालिकामा सम्पन्न तेस्रो नगर प्रमुख तथा स्थानीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगीतामा सुर्यचन्द्र मावि प्रथम भएको छ । 

साँफेबगर नगरपािलका-१ बैजनाथमा रहेको नमुना विद्यालय सुर्यचन्द्र माविले १० स्वर्ण,८ रजत र ३ कास्य सहित प्रथम स्थान हासिल गरेको हो । प्रतियोगीतामा साँफेबगर नगरपालिका ४ मष्टामाण्डौंको जनकल्याण मावि ४ स्वर्ण,३ रजत र २ कास्य सहित दोस्रो भएको छ ।

राष्ट्रीय मावि बाब्लाले ३ स्वर्ण,३ कास्य र ५ र सहित तेस्रो भएको छ । महेन्द्र मावि बयालपाटा २ स्वर्ण,३ रजत र २ कास्य सहित चौथो, हिमालय मावि खाल्सैन २ स्वर्ण,१ रजत र ५ कास्य सहित पाचौ,बर्चहिल एकेडेमि २ स्वर्ण,१ कास्य सहित छैठौ, तुका मावि खप्तड र किण्डर गार्डेन एकेडेमिले एक एक स्वर्ण प्राप्त गरेका छन् । 

नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र कुँवर,विशिष्ट अतिथि नगर उपप्रमुख शिबबहादुर कुँवर लगायत अन्य अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट्ले गरेका थिए । 

प्रतियोगीता यहि पुष २१ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगीतामा नगरपालिका भित्रका १४ सामुदायिक र २ संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्