विवादका क्रममा बुवा र दिदीको कुटपिटबाट यज्ञबहादुरको मृत्यु

मंगलबार, फागुन २०, २०८१
Honor 600 pro

काठमाडौं । दिदी र बुवाको कुटपिटबाट पाल्पामा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घरायसी विवादका क्रममा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालको कुटपिटबाट ३९ वर्षीय यज्ञबहादुर कुमालको मृत्यु भएको हो।

घटना पाल्पाको  बगनासकाली गाउँपालिका-२, पोखराथोकको हो । केही दिनअघि फागुन १५ गते घरायसी विषयमा बुवा, दिदी र भाइबीछ  झगडा भएको थियो । आपसी झगडा हुँदा बुवा शेरबहादुर र  दिदी देवी यज्ञबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते भएका यज्ञबहादुरलाई उनकी श्रीमतीले जिल्ला अस्पताल तानसेनमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

पाल्पा प्रहरीले यज्ञको हत्या गर्ने बुवा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्