सामुदायिक वनमा दुई युवक मृत भेटिए

आइतबार, फागुन १८, २०८१

कैलाली । कैलालीको एक सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-९ स्थित गौरी कटना सालघारी सामुदायिक वनमा दुई युवक मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

कैलाली प्रहरीका अनुसार आज बिहान ८ बजेतिर उक्त सामुदायिक वनभित्र धनगढी-१० का ३२ वर्षीय देवल चौधरी र ३४ वर्षीय कैदा रानाको शव फेला परेको हो।

देवल जामुनको रुखमा ट्युबको पासा लगाएर झुण्डिएको अवस्थामा र कैदा २० मिटर टाढा जमिनमा पल्टिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थल सबै काम सकेर दुई वटै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ। प्रहरीले मृतकको बारेमा अझै केही भन्न नसकिने जनाएको छ। 

उनीहरुको हत्या भएको वा आत्महत्या भन्ने बारेमा पोष्टमार्टम पछि मात्रै पत्ता लगाउने जनाउँदै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको कैलाली प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्