रकम लेनदेन विवाद: दाइले हानेको गोली लागेर भाइको मृत्यु

आइतबार, फागुन १८, २०८१
Honor 600 pro

काठमाडौं ।  एक युवकको गोली हानेर हत्या गरिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-८ का २५ वर्षीय युवक सुरेन्द्र बिष्टलाई दाइ नाता पर्नेले गोली हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

बैतडी प्रहरीले दिएको जानकारी अनुसार सुरेन्द्रलाई दाइ नाता पर्ने ४५ वर्षीय कर्ण बिष्टले गोली हानेका थिए। घटना शनिबार साँझको  रहेको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसोतिर दाइभाइबीच रकम लेनदेनको विवाद भएको थियो। कर्णले सोही कुरालाई ठुलो विषय बनाउँदै शनिबार साँझ  सुरेन्द्रलाई गोली हानेको प्रहरीले जानकारी दिएको छ।

गोली हानेर कर्ण फरार भएको प्रहरीले जानकारी दिदै उनको खोजी कार्य तिब्र पारेको छ। उनी भारततर्फ जाने सक्ने हुँदा सीमा आसपासमा कडा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्