सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६.१ रेक्टरको भूकम्प

शुक्रबार, फागुन १६, २०८१
honor २२ sept

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६. १ रेक्टर स्केलको भूकम्प गएको छ ।

X7D

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । 

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।क्षतिको विवरण भने आइसकेको छैन । निकै छोटो समय हल्लाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि तिहार सुरू
शुक्रबार, फागुन १६, २०८१

देशका धेरैजसो स्थानमा भारी वर्षा
शुक्रबार, फागुन १६, २०८१