बर्दियामा सानीआमाको घरमा आएका नाबालकको चितुवाको आक्रमणमा मृत्यु

आइतबार, फागुन ४, २०८१

बर्दिया । आफ्नी सानीआमाको घरमा पाहुना आएका अढाई वर्षीय नाबालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

Honor x7 pad

शनिबार साँझ ७ बजे मधुवन नगरपालिका-९ भाटचोकस्थित जमुना कँडेलको घरमा पाहुना आएकी राप्तीसोनारी गाउँपालिका-५ की रचना चलाउनेको अढाई वर्षीय नाबालक छोरा रिहानलाई आँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गर्दै जंगलमा लिएर गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

स्थानीय, आफन्त र प्रहरीको सहयोगमा रिहानको खोजतलास गर्ने क्रममा सवा ९ बजे राति नै  घरदेखि ५ सय मिटर भित्र जंगलमा चितुवाले आक्रमण गरेको अवस्थामा रिहानको शव फेला परेको बर्दिया प्रहरीले जनाएको छ।

वर्तमान अवस्थामा त्यहाका स्थानीयवासी जंगली जनावरको आक्रमणमा पर्दै गएपनि सम्बन्धित सरोकारवाला निकायले कुनै कदम चाल्न नसकेको भन्दै पत्रकार यमनाथ घिमिरेले ध्यानाकर्षण गराएका छन् ।

पत्रकार घिमिरे भन्छन् -"जनताको जीउ धन, पशु चौपायाको सुरक्षाको लागि सामुदायीक वन, जिल्ला वन,मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज वरिपरि वन - निकुञ्ज प्राविधिक, वन रक्षक वा चौकीदारको  नियमित गस्ती प्रबन्ध तत्काल मिलाउन सबै सरकारहरूसंग आग्रह गर्दछु।
जनताको जीउ धनको सुरक्षालाई पहिलो प्राथमिकता राखेर सीमा क्षेत्र, वनजंगल, वन्यजन्तु र निकुञ्जको उचित व्यवस्थापन गर।"

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्