आयोडिन महिनालाई भब्य रुपले मनाउँदै नेपालगन्ज उपमहानगर

सोमबार, माघ २८, २०८१

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आयोडिन महिनालाई भब्यताका साथ मनाउने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइन्छ । 

Honor x7 pad

स्वास्थ्य महाशाखाको आयोजनामा आज बसेको समन्वयात्मक वैठकले फेब्रुअरी महिनाभर विभिन्न सचेतनामूलक एवम् प्रवर्द्धनात्मक कार्यक्रम गर्ने निर्णय गरेको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

वलीका अनुसार विद्यालय र मदरसाहरुमा आयोडिन नुनबारे सचेतना कक्षा संचालन, सचेतनामूलक र्याली, २३ वटै वडामा प्रचारात्मक ब्यानर लगाउने, आयोडिन नुनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्ने लगायतका निर्णय भएका छन् । 

वैठकमा नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगन्ज कार्यालय प्रमुख बासुदेव उपाध्याय, साल्ट ट्रेडिङ नेपालगन्जका कर्मचारी सहायक संवृद्धि थापा लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्