स्कुलबाट फर्किदै गरेकी ७ कक्षामा पढ्ने किशोरीमाथि चक्कु देखाउँदै बलात्कार

आइतबार, माघ २७, २०८१
Honor 600 pro

कैलाली । कैलालीमा स्कुलबाट फर्किदै गरेकी कक्षा ७ मा पढ्ने१४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

बाजुराबाट अध्ययन गर्नका लागि धनगढी आएकी ती किशोरीमाथि बिहिवार साँझ स्कुलबाट घर फर्किदै गर्दा १८ वर्षीय युवकले  बलात्कार गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीलाई ती किशोरीको घटनाको बारेमा शनिबार मात्र बताएपछि प्रहरीले तत्कालै जाहेरी दर्ता गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ। 

बिहिवार साँझ घर फर्किने क्रममा ती युवकले चक्कु देखाएर आफू सँग नगए ज्यान मारिदिने धम्की दिएपछि किशोरी उनको घर गएकी थिइन्।

प्रहरीका अनुसार ती युवकले घरमै किशोरीलाई बलात्कार गरेर फरार भएका छन् । कैलाली प्रहरीले ती युवकको खोजीकार्य जारी राखेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्