नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना,२३ जना घाइते

आइतबार, माघ २७, २०८१
Honor 600 pro

नेपालगन्ज  । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस चितवनस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगन्जबाट जाँदै  गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे सेतीदोभान पुलबाट तल खसेर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइते सबैको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले दिएको जानकारी अनुसार बसको टायर पन्चर भएर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्