तुलसीपुरमा १० वर्षीय बालकले बन्दुक खेलाउने क्रममा गोली लागेर भाइको मृत्यु

शनिबार, माघ २६, २०८१

दाङ दाङको तुलसीपुरमा १० वर्षीय बालकले खेलाइरहेको बन्दुक पडकिँदा गोली लाग्दा ९ वर्षीय भाइको मृत्यु भएको छ।

Honor x7 pad

तुलसीपुर उपमहानगरपालिका-३ स्थित ठुलासम्बाका पुष्कर केसीका ९ वर्षीय छोरा भुवन केसीको  आज बिहान  बन्दुकको गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार १० वर्षीय दाइ शिशिर केसीले भरुवा बन्दुक खेलाउने क्रममा अचानक बन्दुक पडकिँएर भाइ भुवको कन्चटमा गोली लागेर मृत्यु भएको हो। प्रहरी भन्छ-"दुई बालक घरदेखि १५ मिटर टाढा लोड हरेको बन्दुक खेलाउने क्रममा बन्दुक पडकिदा भुवनको कन्चटमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।"

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटना भएको स्थानबाट भरुवा बन्दुकसहित ३२८ पिस छर्रा र ४ वटा गोली बरामद गरेको जानकारी दिएको छ।

इलाका प्रहरी तुलसीपुरले १० वर्षीय शिशिर र उनका बाजेलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्