डुडुवा गाउँपालिकामा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

शुक्रबार, माघ २५, २०८१
Honor 600 pro

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

गाउँपालिकाको वडा नम्बर २ स्थित रामबली लखेरको बगैंचामा पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

माघ २२ गते मंगलबार बिहान ७ बजे उक्त बगैंचामा झुन्डिएको अवस्थामा मृत फेला परेका अन्दाजी ४०-४५ वर्षका पुरुषको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीले सबै कार्य पूरा गरेर मृतकको शवलाई भेरी अस्पतालको शव गृहमा राखेको जनाउँदै उक्त मृत पुरुषको पहिचानका लागि चौतर्फी खबर गरिएको जनाएको छ।

प्रहरीका अनुसार मृतक पुरुष गहुगोरो बर्ण भएको , उचाई ५ फिट ५ ईन्च, खैरो कलरको लम्बाउले हाईनेक र खेरो कलरको टाउजर लगाएको पहाडी समुदायको जस्तो देखिने  व्यक्ति रहेको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्