आमा-छोरी घरभित्रै मृत भेटिए

शुक्रबार, माघ २५, २०८१
Honor 600 pro

धनगढी ।  कैलालीका आमा-छोरी मृत फेला परेका छन् ।जिल्लास्थित गोदावरी नगरपालिका-११ गोठानमा बिहिवार राति आमा-छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत भेटिनेमा २४ वर्षीया आमा मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेका छन् । उनीहरु घरभित्रै मृत भेटिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कैलालीले दिएको जानकारी अनुसार सबैभन्दा पहिला मृतक मिराका देवर नरेशले भाउजुलाई झुन्डिएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए।

घरमा सासु पनि नभएको अवस्थामा मिरा र छिरी मृत  अवस्थामा फेला परेको मिराका श्रीमान भने रोजगारीका लागि भारतमा रहेको प्रहरीले जनाएको छ।

कैलाली प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाउँदै मृत शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्