Dashain Banner
Dashain Banner

प्रथम राप्तीसोनारी अध्यक्ष क्रिकेट कप हुँदै, विजेतालाई नगद ५० हजार पुरस्कार

बिहीबार, माघ २४, २०८१

राप्तीसोनारी। बाँकेको राप्तीसोनारीमा प्रथम  गाउँपालिका अध्यक्ष क्रिकेट कप हुने भएको छ।

राप्तीसोनारी-७ स्थित राप्ती युवा क्लबको आयोजनामा यही फागुन १ देखि १० गतेसम्म राप्तीसोनारी गाउँपालिका प्रथम अध्यक्ष क्रिकेट कप सुरु हुने क्लबका अध्यक्ष मनोज पाण्डेले जानकारी दिएका छन् ।

१६ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगिता लालपुर मैदानमा सन्चालन हुने आयोजकले जनाएको छ। कुल १६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि टिम दर्ता माघ २८ गतेसम्म रहने र दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएकोछ।

विजेता टोलीले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिताको आर्थिक सहयोग राप्तीसोनारी गाउँपालिकाले गरेको राप्ती युवा क्लबले जानकारी दिएको छ।

"अनुशासन र गतिशीलतामा युवाहरुको एकता, ग्रामीण खेलकुद विकासमा खेलाडी उत्पादन र सहभागिता" भन्ने नाराका साथ प्रतियोगिता हुँदैछ। 

के-के छ प्रतियोगिताको नियम र दर्ता प्रक्रिया? यस्तो छ हेर्नुहोस।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्