बाँकेको जानकीमा प्रमुख प्रशासकीय अधिकृत विकलाई स्वागत

सोमबार, माघ १४, २०८१
honor mob  winter sales

बाँके । बाँकेको जानकी गाउँपालिकाामा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकलाई आज स्वागत गरिएको छ ।

गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु मो। रजा राई ,चन्द्रिका प्रसाद गुप्ता, राजकुमार कुर्मी, कार्यपालिका सदस्यहरु राम अचल धोवी, कान्ती कान्दु ,वडा सदस्यहरु र कर्मचारीहरुले विकलाई स्वागत गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीको सरुवा भएपछि उनको ठाउँमा विक आएका हुन्। विकको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको अहम् भूमिका हुने भएकाले जुन कुनै पार्टीबाट आएका जनप्रतिनिधि भए पनि प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत विकले जनप्रतिनिधि र कर्मचारीहरुबीच राम्रो सम्बन्ध भएमा मात्र पालिकालाई माथि उठाउन सकिने बताए । यो बीचमा निमित्त प्रमुखको जिम्मेवारी समेत सम्हालेकी योजना शाखाकी प्रमुख शोभा पौडेलले प्रमुख प्रशासकीय अधिकृतको रायसल्लाह र सुझाव अनुसार काम गर्ने बताइन् । स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विषयगत शाखाका प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन विपद शाखा प्रमुख राजेन्द्र वाजपेयीले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्