गाउँपालिकावासीको स्वास्थ्यप्रति कुनै खेलवाड हुँदैन : अध्यक्ष गिरी

आइतबार, माघ १३, २०८१

दाङ । आफ्ना गाउँपालिकावासी जनताको स्वास्थ्य अवस्था स्वस्थ राख्न कुनै पनि कसर बाँकि नराख्ने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन्  ।

गाउँपालिकाको समन्वय,लायन्स क्लब दाङ इसानको आयोजना तथा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा आयोजित एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

भौतिक पुर्वाधारसँगै मानविय बिकासलाई उत्तिकै महत्त्वका साथ अगाडि बढाएका अध्यक्ष गिरीले आफ निर्वाचित भएदेखि मानविय बिकासका थुप्रै कामहरु अगाडि बढाएको बताए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले १५ सैयाको अस्पताल सन्चालन गरीसकेको र सम्पुर्ण पालिकाका नागरीकलाई स्वास्थ्य बीमामा जोड्न आफू लागि परेको र औषधि खरिदको लागि इभिडिङ सहित सम्पुर्ण प्रक्रिया पुरा भएको बताए ।

सोही अवसरमा बोल्दै राप्ती लाइफ केयर अस्पतालका निर्देशक जिबन भण्डारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत दंगीशरणमा धेरैपटक नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको जानकारी दिए । दंगीशरण र दंगीशरणका जनताको स्वास्थ्यप्रति आफूहरु गम्भिर रहेको र पालिकासँग सम्झौता गरेर नागरिहरुको औषधि उपचारमा १५ देखि २० प्रतिशत छुट दिन तयार रहेको बताए ।

दंगीशरण-३ मा रहेको स्वास्थ्य चौकी हेकलीमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा नशा तथा हाडजोर्नी रोग बिशेषज्ञ निभाष शर्मा,जनरल फिजिसियन डा.मुक्तिनाथ थापा,जनरल फिजिसियन डा. बिनोद राणा,मेडिकल अफिसर डा.भुषण भण्डारीले शिविरमा सेवा दिएका थिए ।शिविरमा १४६ जना महिला र ५७ जना पुरुष गरी २०३ जनाले विशेषज्ञ सेवा लिएको स्वास्थ्य चौकी हेकुलीका प्रमुख प्रल्हाद चौधरीले जानकारी दिए ।

स्वास्थ्य शाखा दंगीशरणका प्रमुख प्रदिप योगीको स्वागत मन्तब्यबाट सुरु भएको नि:शुल्क स्वास्थ्य शिविरको औपचारिक कार्यक्रमको सहजीकरण गाउँपालिकका प्रेश सयोजक प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्