सिंहदरबार गेटबाट हर्क साम्पाङको रित्तो गाग्रो जब प्रहरीले खोस्यो...

मंगलबार, माघ ८, २०८१
honor mob  winter sales

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले रित्तो गाग्रो लिएर सिंहदरबार छिर्दै गरेको अवस्थामा प्रहरीले खोसेको छ।

धरानमा पानी चाहिँयो भन्दै रित्तो गाग्रो लिएर आज बिहान कार्यालय खुलेपछि सिंहदरबार छिर्दै गरेका मेयर राईको साथबाट प्रहरीले गेटमै खोसेको हो। धरानबाटै सोमबार रित्तो  गाग्रो लिएर काठमाडौं आएका उनी आज सिंहदरबार छिर्न लाग्दा प्रहरीले उक्त गाग्रो लैजान नदिएको हो।

मेयर राईले धरानमा पानीको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराउने भन्दै उनले खाली रित्तो लिएर सिंहदरबार गेटमामा पुगेका थिए। तर त्यो गाग्रो प्रहरीले खोसेको हो।

प्रहरीले रित्तो गाग्रो नियन्त्रणमा लिएपछि गाग्रो बिना उनी सिंहदरबार पसेका हुन।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्