सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले गैर कानुनी कारोबार हुने गरेको नेपालगन्जस्थित एक मेडिकललाई सिल गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका-१ स्थित मिना मेडिकल हललाई आज बाँकेका सहायक सीडिओ उमाकान्त अधिकारीको नेतृत्वमा गएको टोलीले सिल गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।
उक्त मिना मेडिकलमा गैरकानुनी कारोबार हुने गरेको गोप्य सूचना पाएर सहायक सीडिओ अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल बन्द रहेको अवस्थामा पटकपटक सन्चालकलाई फोन गरेर मेडिकल खोल्न आग्रह गर्दा अटेरी गर्दै मेडिकल खोल्न नमानेपछि सिल गरेको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी मेडिकल सन्चालकलाई धेरैपटक फोन गरेर मेडिकल खोल्न आग्रह गर्दा आधा घण्टा भित्र मेडिकल खोल्न आइपुग्ने फोनमा जानकारी गराएका थिए।
तर, पटकपटक सम्पर्क गर्दा पनि अनुगमन टोलीलाई ४ घण्टासम्म कुराएर फोन सम्पर्क हुन नसक्ने बनाउदा जिल्ला प्रशासन कार्यालयले बाध्य हुँदै अर्को निर्णय नहुन्जेलसम्मका मेडिकल सिल गरेको जनाएको छ।
यता, जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई ती मेडिकल सन्चालकको बारेमा सबै जानकारी लिन पत्राचार गरेको बताएको छ।