एनपीएल: कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

शुक्रबार, मंसिर २१, २०८१
honor mob  winter sales

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा कर्णाली याक्सले पहिलो सफलता हासिल गरेको छ । 

लिगको दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । जितका लागि १३१ रनको सामान्य चुनौती पछ्याएको कर्णालीले १९.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा जित हासिल गरेको हो । 

कर्णालीका लागि पहिलो विकेटका लागि शिखर धवनसँग ५३ रनको साझेदारी गर्ने क्रममा देव खनालले २५, दोस्रो विकेटका ५१ रनको साझेदारी गर्ने क्रममा चाडविक वाल्टनले १९ बलमा ३० तथा शिखरले ४१ बलमा ४५ रन बनाए । 

यसअघि त्रिवि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनायो । 

चितवनका लागि इङ्गल्याण्डका रवि बोपाराले ४० बलमा अविजित रहँदै रन तथा कुशल मल्लले २३ रन जोडे । त्यस बाहेक कुनै पनि ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् । 

कर्णालीका लागि बिपिन शर्माले २१ रन खर्चेर ३ तथा जीशन मक्सुदले २२ रन खर्चेर २ विकेट लिए । 

यसअघिका दुवै खेल हारेको कर्णालीको यो पहिलो जित हो भने यसअघिका दुवै खेल जितेको चितवनको पहिलो हार हो । 

तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । ४ अंकबाट सुदूरपश्चिम रोयल्स 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्