पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख नगद

शुक्रबार, भदौ २८, २०८१
honor २२ sept

काठमाडौं  । सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो। 

X7D

खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ। 

पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद र प्रशंसापत्रसहित सम्मान गरे। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर मन्त्रिपरिषदले छुट गरेको थियो । 

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदक जितेकी थिइन्। यो नै नेपालले अहिलेसम्म अन्तर्राष्टिय स्तरमा जितेको सबैभन्दा ठूलो पदक हो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले ले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए । 

कार्यक्रममा युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्