ओलम्पिकमा भाग लिन जाने सशस्त्र प्रहरीका खेलाडीहरुको बिदाई

शनिबार, साउन ५, २०८१
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बलले पेरिस ओलम्पिकमा सहभागी हुन जाने खेलाडीहरुको बिदाई गरेको छ।

आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा आयोजना हुने ओलम्पिकमा भाग लिन जाने सशस्त्र प्रहरीबाट छनौट भएका दुई खेलाडीको सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतमले सफलताको शुभकामनासहित बिदाई गरेका हुन् ।

सशस्त्र प्रहरीबाट ओलम्पिकमा भाग लिन जान लागेका ब्याडमिन्टनतर्फका प्रिन्स दाहाल र सुटिङका सुस्मिता नेपालको एआईजी गौतमले बिदाई गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्