Dashain Banner
Dashain Banner

वुमन एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात, युएई ६ विकेटले पराजित

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । श्रीलंंकामा सुरु भएको वुमन एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलबाट विजयी सुरु भएको छ।

आज भएको खेलमा नेपालले युुएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको युएईले दिएको ११६ रन लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल २३ बल बाँकी छदै ४ विकेट गुमाएर विजयी बनेको हो।

नेपालका लागि ओपनर सम्झना खड्काले नटआउट रहदै ७२ रन बनाइन। खड्का ले ४५ बलमा ७२ रन जोडेेकी हुन् ।त्यस्तै नेपालकी रुबिना पाण्डेले १० रन बनाएकी हुन् ।युएईकी कभिसाले नेपालविरुद्ध ३ विकेट लिएकी हुन् ।

पहिलो ब्याटिङ गरेको युएईका लागि कभिसाले नै सर्वाधिक २२ रन वनाएकी हुन् । युएईविरुद्ध नेपालकी इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन। युएईले २० ओभर खेल्दै ८ विकेट गुमाएको हो।

नेपाल परेको समूह  ए मा युएई, भारत र पाकिस्तान छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्