Dashain Banner
Dashain Banner

जर्मनी र पोर्चुगल युरोकपबाट बाहिरिए,जर्मनी स्पेनसँग २-१ र फ्रान्सले पोर्चुगललाई टाइब्रेकरमा हरायो

शनिबार, असार २२, २०८१

काठमाडौं । जर्मनीमा जारी युरोकपमा स्पेनले जर्मनीलाई उसकै घरेलु मैदानमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मनी स्पेनसँँग २-१ गोलले पराजित हुँदै युरोकपबाट बाहिरिएको हो।

जस्मा स्पेनका ड्याने ओल्मले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए भने जर्मनीका फ्लोरियन रिजले ८९ औं मिनेटमा गोल गर्दै खेल बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। ३० मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा मिकेल मेरिनाले गोल गरेपछि खेल २-१ को स्थितिमा पुगेको थियो।

त्यसैगरि युरोकप दोस्रो क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको छ।  पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट  (पेनाल्टी सुटआउट) गरिएको थियो ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो।यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्