Dashain Banner
Dashain Banner

ब्राजिल समूहको उपविजेता बन्दै कोपा अमेरिका कपको क्वाटरफाइनलमा

बुधबार, असार १९, २०८१

काठमाडौं । कोपा अमेरिका कप अन्तर्गत समूह डी मा  ब्राजिलले समूह चरणको अन्तिम खेलमा कोलम्बियासंंग बराबरी खेलेको छ।

आज बिहान सम्पन्न खेलमा ब्राजिल र कोलम्बिया १-१ गोलको बराबरी खेलेपछि ब्राजिल समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा ब्रजिलले खेलको १२ औँ मिनेटमा राफिन्हाको गोलमा शुरुआती अग्रता लिए पनि खेलको ४५औँ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि समूह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै ब्रजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेको छ ।

समूह डी मा रहेका कोस्टारिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा ब्रजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्