साउथ अफ्रिकाले रच्यो इतिहास, पहिलोपटक विश्वकपको फाइनलमा

अफगानिस्तान ९ विकेटले पराजित
बिहीबार, असार १३, २०८१
honor mob  winter sales

काठमाडौं । जारी टी-२०विश्वकपमा साउथ अफ्रिकाले इतिहास रचेको छ। १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको साउथ अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट हराउँदै इतिहासमै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो।

आज भएको खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले दिएको सामान्य ५७ रनको लक्ष्यलाई साउथ अफ्रिकाले १ विकेट गुमाएर ८.५ ओभरमा लक्ष्य भेटाउदै फाइनलको यात्रा तय गरेको हो। साउथ अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाएको हो।

साउथ अफ्रिकाको जितमा रिजा नटआउट रहँदै हेन्डृिक र ऐडेन मार्क्रमले उत्कृष्ट साझेदारी गर्दै साउथ अफ्रिकालाई इतिहास रचाउन सफल बनेका हुन् । हेन्डृिले २९ रन बनाउदा मार्क्रमले २३ रन बनाए। साउथ अफ्रिकाका ओपनर डे कुकले ५ रन मात्रै बनाएर आउट भएका थिए।

साउथ अफ्रिकाविरुद्ध अफगानिस्तानका फजल्हक फारुकीले १ विकेट मात्र लिए।

त्यसैगरि पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि अजमतुल्लाह बाहेक अरुल कसैले दोहोरो अंंकको रन बनाएनन। उनले १० रन बनाए। अफगानिस्तान ११.५ ओभरमै अलआउट भएको थियो।

अफगानिस्तानविरुद्ध साउथ अफ्रिकाका बलर मार्को जान्सेन र तबरेज सास्मीले सर्वाधिक ३-३ विकेट लिए।

अब साउथ अफ्रिकाले भारत र इङ्ल्याण्डबिचको विजेतासँँग फाइनल खेल्नेछ ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्