इतिहास रच्दै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

मंगलबार, असार ११, २०८१
honor २२ sept

काठमाडौं । ऐतिहासिक जित निकाल्दै अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि ८ रनको जित हासिल गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । 

अफगानिस्तान कुनै विश्वकपको सेमिफाइनलमा पहिलो पटक पुगेको हो । अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अष्ट्रेलिया बाहिरिएको छ।

यो जितसँँगै अफगानिस्तान इतिहासमा पहिलो पटक विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो।

बंगलादेशले ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाउदा पनि अफगानिस्तानसँँग हार बेहोरेको हो।अफगानिस्तानका  रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । 

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए। बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । 

सेमिफाइनलमा अफगानिस्तानले बलियो साउथ अफ्रिकासँँग खेल्नेछ।

 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्