Dashain Banner
Dashain Banner

नेपालका यी हुन् नेदरल्यान्डस् विरुद्धका प्लेइङ-११

मंगलबार, जेठ २२, २०८१

अमेरिका । आज राति सवा ९ बजे टी-२० विश्वकपमा नेपालले पहिलो खेल खेल्दैछ।  नेपालले नेदरल्यान्डस् विरुद्ध विश्वकपमा आफ्नो पहिलो खेल खेल्न लागेको हो। १० वर्षपछि विश्वकपआअ सहभागी बनेको नेपालले आजको खेलबाट सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

नेपालले आजको खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ। नेपाल र नेदरल्यान्डस् चिरपरिचित प्रतिद्वन्दी हुन् । 

नेपालको सम्भावित प्लेइङ–११  मा आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल,  अनिलकुमार साह, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सागर ढकाल  ।

त्यसैगरि सम्भावित बेञ्चमा यी हुन सक्ने खेलाडीहरुमाप्रतिश जिसी, कमलसिंह ऐरी, सन्दीप जोरा र ललित राजवंशी हुनेछन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्