टी-२० विश्वकप: नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

सोमबार, जेठ २१, २०८१
honor २२ sept

काठमाडौं । नवौं आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको आजको खेलमा नमिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ। सुपर ओभरमा पहिला ब्याटिङ गरेको नामिबियाले २० रन बनाउदा ओमानले १० रन मात्र बनाएर पराजित भएको हो।

पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो। जसमा ओमानका लागि खालिद कैलले ३४ रन बनाएका हुन् ।

बलिङतर्फ नामिबियका रुबेल ट्रमप्म्यानले सर्वाधिक ४ विकेट लिएका थिए।

११० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले २० ओभर खेल्दै ६ विकेट गुमाएर १०९ रन बनाउदा खेल सुपर ओभरमा पुगेको थियो।

नम्मिबियाका लागि जान फाइलिङले सर्वाधिक ४५ रन बनाउदा ओमानका मेहरान खानले सर्वाधिक ३ विकेट लिएका हुन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्