Dashain Banner
Dashain Banner

टी-२० विश्वकप: पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो

आइतबार, जेठ २०, २०८१

काठमाडौं । आईसीसी टी-२० विश्वकपको उद्घाटन  खेलमा आयोजक अमेरिकाको क्यानडालाई ७ विकेटले  पराजित गरेको छ। 

टस हारेर पहिलो ब्याटिङ गर्दै क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको अमेरिकाले ३ विकेट गुमाउँदै १७.४ ओभरमा लक्ष्य पूरा गर्दै १९७ रन बनाएको हो। 

अमेरिकाका लागि आरोन जोन्सले नटआउट रहदै सर्वाधिक ९४  रन बनाए भने अमेरिकाका लागि एन्डेरिएस गाउसले ६५ रन बनाए। क्यानडाका लागि कलिम साना, निकिल दत्त र डिलोन हेलिगरले १-१ विकेट लिए।

सुरुवाती ब्याटिङ गरेको क्यानडाले २० ओभर खेल्दै ५ विकेट गुमाएर १९४ रन बनाएको थियो। जसमा क्यानडाका नभनित ढलिवालले सर्वाधिक ६१ रन बनाएका थिए। क्यानडाविरुद्ध अमेरिकाका अलि खान, हरमित सिंह  र कोरे एन्ड्रसनले१-१ विकेट लिएका हुन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्