Dashain Banner
Dashain Banner

परराष्ट्रले सिफारिस गरेपनि अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

बिहीबार, जेठ १७, २०८१

काठमाडौं । अमेरिकी राजदुतावासले सन्दीप लामिछानेलाई भिसा दिन पुन: अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयले  अमेरिकी दूतावासलाई भिसा नोट पठाएपछि  सन्दीपलाई पुन: भिसा अन्तर्वार्ताका लागि दूतावासले बोलाएको थियो।

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ ( क्यान) ले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै क्यानले सन्दीपलाई अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको टी- २० विश्वकपका लागि टोलीमा समाबेश गरेको थियो।

पहिलो पटक क्यानको सिफारिसमा भिसाका लागि आवेदन दिएपनी अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको थियो। त्यस्तै आज दोस्रो प्रयासमा पनि सन्दीप भिसा पाउनबाट बन्चित बनेका छन् ।

भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना चकनाचुर बनेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्