Dashain Banner
Dashain Banner

नेपालले आज अमेरिकासँग खेल्दै

बिहीबार, जेठ १७, २०८१

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टोलीले आज दोस्रो वार्मअप खेल खेल्दै छ।

नेपाली टोलीले आज अमेरिकासँग  नेपाली समयअनुसार राति ९ः१५ बजे डालासमा खेल्ने छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेपाल १७ औं र अमेरिका १९ औँ वरीयतामा रहेको छ । हेड टु हेडमा सन् २०१३ को नोभेम्बर १३ मा भएको खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । 

त्यहाँको मौसम प्रतिकुल रहेकाले खेल प्रभावित हुन सक्ने बताइएको छ । नेपालले विश्वकप खेल्नुअघि २ वटा वार्मअप खेल्ने अवसर पाएको हो । पहिलो खेलमा भने खराब नतिजा बेहोरेको थियो । नेपाल क्यानडासँग पराजित भएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्