केकेआरले जित्यो आईपीएलको उपाधि, फाइनलमा हैदराबाद केकेआर सामु निरीह

सोमबार, जेठ १४, २०८१
honor २२ sept

काठमाडौं । १७ औं इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि कोलकाता नाइट राइडर्स (केकेआर) ले जितेको छ।

X7D

गए राति भएको आईपीएलको फाइनलमा केकेआरले सनराइजर्स हैरदाबदलाई ८ विकेटले हराउँदै तेस्रो पटक आईपीएलको उपाधिमा कब्जा जमाएको हो।

चेन्नाईमा भएको फाइनलमा पहिलो ब्याटिङ गर्दै हैदराबादले दिएको ११४ रनको सामान्य लक्ष्यलाई केकेआरले १०.३ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

केकेकारका लागि वेन्क्टेस ऐयरले सर्वाधिक ५२ रन बनाए भने ओपनर रहमनुल्लाह गुर्बाजले ३९ रन बनाए। ओपन सुनिल रनिने ६ रन बनाए। हैदराबादका प्याट कमिन्स र सहबाज अहमदले १-१ विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको हैदराबादका लागि कप्तान कमिन्सले सर्वाधिक २४ रन बनाए भने आइदेन मार्करमले २०, हेनरिक क्लोसेनले १६ रन बनाए। हैदराबादले १८.३ ओभरमा सबै  विकेट गुमाएर ११३ रन बनाएको हो।

केकेआरका आन्द्रे रसेलले हैदराबादविरुद्ध सर्वाधिक ३, मिचेल स्टार्क र हर्षित रानाले २-२ तथा सुनिल नरिने,वैभब अरोरा र वरुण चक्रवर्तीले १-१ विकेट लिएका थिए।

केकेआरले यसअघि सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्