Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

बुधबार, जेठ ९, २०८१

काठमाडौं । टी-२० विश्वकप खेल जाने तयारी गरेका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिका भिसा दिन अस्वीकार गरेको छ।

बलात्कार मुद्दामा उच्च अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) गरेको निलम्बन फुकुवापछि विश्वकप खेल्नका लागि भिसाका लागि दिइएको आवेदनलाई अमेरिकी दूतावासले रद्द गरेको हो।

सन्दीप लामिछानेले आफुलाई जुन १ देखि  अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकपमा भाग लिन जानका लागि अमेरिकी दूतावासले भिसा नदिएको सामाजिक सन्जालमा लेखेका छन् ।

उनी आजै अमेरिका जाने तयारी भएपनि भिसा नपाएपछि सन्दीप लामिछाने नेपालमै रोकिएका छन् । अरु सबै नेपाली खेलाडी अमेरिकामै छन् ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्