चेन्नाईलाई हराउँदै बैंगलुरु आईपीएलको प्लेअफमा

आइतबार, जेठ ६, २०८१
honor mob  winter sales

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग( आईपीएल)मा रोयल च्यालेन्जर्स बैगलुरुले चेन्नाई सुपर सुपर किङ्सलाई पराजित गर्दै प्लेअफमा पुगेको छ। अंकतालिकामा समान १४ अंक भएपनि नेटरनरेटका आधारमा बैगलुरु चेन्नाईलाई उछिनेको हो।

Honor x7 pad

गएराति भएको खेलमा पहिलो ब्याटिङ गरेको खेलमा बैगलुरुले दिएको २१९ रनको पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चेन्नाई २७ रनले पराजित भएको हो। चेन्नाईले २० ओभर खेल्दै ७ विकेट गुमाएर  १९१ रन मात्र बनायो।

चेन्नाईका लागि रचिन रबिन्द्रले सर्वाधिक ६१ रन बनाए। बैंगलुरुका यस दयालले सर्वाधिक २  विकेट लिए।

पहिलो ब्याटिङ गरेको बैंगलुरुका लागि फ्याट डु पेलिसिसले सर्वाधिक ५६ रन बनाए। बैंगलुरुविरुद्ध चेन्नाईका सार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिएका थिए।

साबिक विजेता चेन्नाईको कमजोर प्रदर्शनले सुधार गर्दै आएको बैंगलुरु आईपीएलको प्लेअफमा गएको हो। जबकी उक्त खेल चेन्नाईले १८ रनभन्दा कम रन अन्तरले हार्नुपर्ने थियो। तर १८ रन भन्दा बढी रनले जित्दा बैंगलुरु रनरेटका आधारमा प्लेअफमा पुगेको हो।

यसअघि नै कोलकाता नाइट राइडर्स , रोयल चेलेन्जर्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्