Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेको निलम्बन फुकुवा

बुधबार, जेठ २, २०८१

काठमाडौं । सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनको निलम्बन फुकुवा गरेको हो।

निलम्बन फुकुवा भएसँगै सन्दीपले अन्तर्राष्ट्रिय लगायत सबै खेल खेल्न पाउने भएका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ भएपछि सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्