हुँदै नभएको अपराधको शिकार बने: सन्दीप लामिछाने

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

काठमाडौं । उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले सम्मानित अदालतको फैसलालाई सम्मान गर्दै अगाडि बढ्ने बताएका छन् ।

Honor x7 pad

काठमाडौं जिल्ला अदालतको गत पुस १३ को फैसलालाई उल्टयाउँदै उच्च अदालत पाटनले आज सन्दीप लामिछानेलाई सफाइ दिएको हो। पत्रकारहरुसँग कुराकानी गर्दै सन्दीपले आफू निर्दोष हुँदाहुँदै फसाएर दोषी करार गराइएको बताए।

आफू पहिलादेखिनै निर्दोष भएको सम्झदै मलाई धेरै तरिकाले फसाएर हुँदै नभएको अपराधमा दोषी कायम गरिएको थियो तर आज उच्च अदालतले अन्त्यमा निर्दोष करार गर्दा अदालतप्रति उच्च सम्मान प्रकट गरेको सन्दीपले भने।

सुरुदेखि आजसम्म मलाई साथ र समर्थन गर्ने सबैलाई धन्यवाद भन्दै उनले भने-' नेपाली क्रिकेटलाई यो भन्दा उच्च बिन्दुमा लिएर जान्छु।'

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्