Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानको निर्णय

बुधबार, जेठ २, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ  (क्यान) ले विश्वकपको टोलीमा समाबेश गरेको छ। आज साँझ क्यानको बोर्डको बैठकले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको हो।

क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समाबेश गर्ने निर्णय गरेको हो।

आउँदो जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुँदैछ। जसमा नेपालले मे १ तारिकमा १५ सदस्यीय टोलीको नाम पठाइसकेको छ।

नेपालले पठाएको टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, कमलसिंह ऐरी, करण केसी, ललित राजवंशी, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा र सागर ढकाल छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपमा छनौट भएका राष्ट्रलाई आगामी मे २४ सम्म नाम परिवर्तन गर्न सक्ने समयतालिका तोकेको छ।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्