Dashain Banner
Dashain Banner

सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न क्यानको तयारी, बोर्डको बैठक बस्दै

बुधबार, जेठ २, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ  (क्यान) ले उनलाई विश्वकपको टोलीमा समाबेश गर्ने वा नगर्ने बारे निर्णय गर्ने तयारी गरेको छ।

आज साँझ क्यानको बोर्डको बैठक बसेर यस बरेमा निर्णय गर्ने एक पदाधिकारीले बताए। यसको निर्णय आज  साँझसम्म वा भोलिसम्म आउने उनले बताए।

आउँदो जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुँदैछ। जसमा नेपालले मे १ तारिकमा १५ सदस्यीय टोलीको नाम पठाइसकेको छ।

नेपालले पठाएको टोलीम  कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, कमलसिंह ऐरी, करण केसी, ललित राजवंशी, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा र सागर ढकाल छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपमा छनौट भएका राष्ट्रलाई आगामी मे २४ सम्म नाम परिवर्तन गर्न सक्ने समयतालिका तोकेको छ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्