सिएसकेले आरआरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आज भव्को खेलमा चेन्नाई सुपर किङ्ग्स (सीएसके)ले राजस्थान रोयल्स (आरार) लाई ५ विकेटले पराजित गरेको छ। सीएसकेले आजको खेल जितेसँगै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ।

Honor x7 pad

टस जितेर पहिलो ब्याटिङ गरेको आरआरले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सीएसकेले १० बल बाँकि छ्दै १४५ रन बनायो।

सीएसकेका लागि नटआउछ रहदै रितुराज गायकवाडले ४२ र समीर रिज्भीले १५ रन बनाए। रचिन रबिन्द्रले २७, डयारी मिचेलले २२, सिभम दुबेले १८, मोइन अलिले १० तथा रभिन्द्र जडेजाले ५ रन बनाए।

आरआरका रबिचन्द्रन आश्विनले सर्वाधिक  २ विकेट लिए।

पहिलो ब्याटिङ गरेको आरआरका लागि रियान परागले सर्वाधिक ४७ रन बनाएका थिए । उक्त इनिङमा सीएसकेका सिमरजीत सिंहले ३ र तुसार देशपाण्डेले २ विकेट लिएका थिए।

आजको जीतसँगै सीएसकेले १३ खेल खेल्दै १४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने आरआरले १२ खेल खेल्दै १६ अंकका साथ दोस्रो स्थानमै यथावत रहेको छ। प्रतियोगिताको पहिलो स्थानमा कोलकाता नाइट राइडर्स ( केकेआर) १८ अंकका साथ पहिलो स्थानमा छ। 

आरआर आज सीएसकेसँग पराजित भएपछि प्लेअफ खेल्न अझै एक जित्नै पर्ने भएको छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्