केकेआर आईपीएलको प्लेअफमा, मुम्बई १८ रनले पराजित

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

काठमाडौं । गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले  मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ। 

Honor x7 pad

कोलकाताको इडेन गार्डेनमा भएको आईपीएलको ६० औं खेलमा केकेआरले प्लेअफबाट बाहिरिसकेको मुम्बईलाई हराउँदै शीर्ष स्थान कायमै राखेको छ। वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा टस जितेर ब्याटिङ गरेको केकेआरले १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो।

कमजोर ब्याटिङ गर्दै केकेआरका दुबै ओपनरमध्ये सुनिल नरिने शुन्यमा आउट हुँदा फिल साल्टले ६ रन बनाएका थिए। केकेआरका बेङग्तेस ऐअरले ४२ रन बनाउदा निरिस रानाले ३३ रन बनाएका थिए।

मुम्बईका जस्प्रीत बुम्राहले २ र पीयूष चावलाले २ अन्शुल कमोब्ज र नुवान थुसाराले १-१ विकेट लिएका थिए।

१५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको  मुम्बईका इशन किसनले सर्वाधिक ४० रन बनाउदा रोहित शर्माले ३९ रन बनाए। कत्पान हार्दिक पाण्डे २ रनमै आउट भएका थिए। मुम्बईविरुद्द केकेआरका हर्षित

 राणाले २ , बरुण चक्रबर्तीले २ , आन्द्रे  रसेलले २ तथा   सुनिल नरिनेले १ विकेट लिएका थिए।

१२ खेलमा ९ जित निकाल्दै १८ अंकका साथ केकेआर शीर्ष स्थानमा रहदै प्लेअफको स्थान सुरक्षित  गरेको छ भने मुम्बईको १२ खेलमा ८ अंकका छ। अब मुम्बईले एक खेल खेल्न बाँकि छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्