कोलकाता आईपीएलको शीर्ष स्थानमा उक्लियो

सोमबार, वैशाख २४, २०८१
honor mob  winter sales

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग टी-२० (आईपीएल) मा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ।

Honor x7 pad

गएरातिको दोस्रो खेलमा लखनउ सुपर जाइन्टसलाई ९८ रनले पराजित गर्दै दोस्रो स्थानमा रहेको कोलकाता शीर्ष स्थामा उक्लिएको छ। कोलकाताले प्लेअफका लागि आफ्नो स्थान लगभग सुरक्षित गरेको छ।

गएरातिको खेलमा कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउले १३६ रनमै अलआउट भएको हो। 

९८ रनको फराकिलो जित हासिल गरेको कोलकाताले रनरेटमासमेत सुधार गर्दै ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ लगभग पक्का गरेको हो । अब कोलकाताले खेल्न बाँकी ३ मध्ये एक खेल जिते पनि क्वालिफायरमै पुग्ने सम्भावना बढी छ । 

१० खेलबाट १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र लखनउको समान १२ अंक रहेको छ । 

त्यस्तै ११ खेलबाट १० अंकको दिल्ली क्यापिटल्स छैटौँ स्थानमा छ । ११ खेलबाट १० अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरू, पञ्जाब किंग्स र गुजरात टाइटान्स क्रमश रहेका छन् । 

अहिलेसम्म ६ अंकबाट पुछारको मुम्बई इन्डियन्समात्रै बाहिरिएको छ । तर दिल्लीदेखि मुनिका टिमहरु एक खेल हार्नासाथ बाहिरिने छन् । आजको खेल मुम्बई इन्डियन र सनराइज हैदराबादबीच हुँदैछ। आजको खेल मुम्बईले जितेपनी कुनै अर्थ रहने छैन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्