Dashain Banner
Dashain Banner

अन्तिम खेलमा वेष्ट इन्डिजले नेपाललाई दियो १७३ रनको टार्गेट

शनिबार, वैशाख २२, २०८१

काठमाडौं । आज नेपाल र वेष्ट इन्डिज ए बीच भएको अन्तिम खेलमा वेष्ट इन्डिजले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ। त्रिवी मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले नेपालविरुद्द २० ओभर खेल्दै ७ विकेट गुमाएर १७२ रन बनाएको हो।

वेष्ट इन्डिजका म्याथ्यु फोर्डले २३, जोनसन चार्ल्सले २४ रन बनाए भने रोस्तन चेजले ३४ रन बनाए। त्यसैगरि एलिक एथानेजले ४२ रन जोडे। वेष्ट इन्डिजविरुद्द नेपालका सागर ढकालले  ३, सोमपाल कामीले ३ तथा अभिनाश बोहराले १ विकेट लिए।

विश्वकप अघिको नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को अन्तिम खेल आज हुँदैछ। सिरिजमा ३-१ ले जितिसकेको वेस्ट इन्डिजविरुदको आजको खेल नेपाललाई विश्वकपको तयारी स्वरुप लिइएको छ।

यसअघिको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो र तेस्रो र चौथो खेलमा क्रमश १०,७६ र २८ रनले पराजित भएको थियो।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्