Dashain Banner
Dashain Banner

विश्वकपअघि नेपालले र वेष्ट इन्डिज ए सँग आज अन्तिम खेल खेल्दै

शनिबार, वैशाख २२, २०८१

काठमाडौं । विश्वकप अघिको नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदानमा सवा १२ बजे सुरु हुने खेलमा सिरिजमा ३-१ ले जितिसकेको वेस्ट इन्डिजविरुदको आजको खेल नेपाललाई विश्वकपको तयारी स्करुप हुनेछ।

यसअघिको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो र तेस्रो र चौथो खेलमा क्रमश १०,७६ र २८ रनले पराजित भएको थियो।

आगामी जुन २ देखि सुरु टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको हुँदा आज उक्त १५ बाट ११ जना उत्रार्ने सम्भावना छ।

विश्वकपका लागि छनौट भएका रोहित पौडेल ,आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी मध्येलाई प्लेइङ ११ मा पठाइने सम्भावना छ।

आजको अन्तिम खेलेर आज साँझै नेपाली टोली वेष्ट इन्डिज प्रस्थान गर्नेछ। 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्