Dashain Banner
Dashain Banner

वेष्ट इन्डिजसँग नेपाल चौथो खेलमा २८ रनले पराजित, नेपालले गुमायो सिरिज

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को चौथो खेलमा नेपाल पराजित भएपछि सिरिज गुमाएको छ। वेष्ट इन्डिजले आज नेपाललाई २८ रनले हराउँदै एक खेल बाँकि छ्दै सिरिज ३-१ ले जितेको हो।

आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभर खेल्दै ३ विकेट गुमाएर दिएमो २१० रनको लक्ष्य भेट्न नसक्दा नेपालले सिरिज गुमाएको हो। २१० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा सर्वाधिक ८२ रन बनाए। त्यस्तै नेपालका अन्य कुनै खेलाडीले २० रन पार गर्न सकेनन् ।

नेपालविरुद्द वेष्ट इन्डिजका म्याथ्यू फोर्ड र, हेडेन वाल्शले ३-३ विकेट लिए।

 सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो , तेस्रो र चौथो खेलमा क्रमशः १०, ७६ र २८ रनले पराजित भएको छ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्