Dashain Banner
Dashain Banner

नेपाल र वेष्ट इन्डिज 'ए' को आज चौथो खेल, विश्वकप खेल्ने टोली उत्रिने सम्भावना

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को चौथो खेल आज हुँदैछ। सिरिजमा २-१ पछि परेको नेपालले आज दिउँसो सवा १२ बजे त्रिवि मैदानमा वेष्ट इन्डिजविरुद चौथो खेल खेल्दैछ। 

नेपालले आजको खेल जिते सिरिज जित्ने सम्भावना कायमै रहने हुँदा नेपाललाई आज जित्नै पर्ने दवाव छ। यसअघिको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो र तेस्रो खेलमा १० र ७६ रनले पराजित भएको थियो।

आगामी जुन २ देखि सुरु टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको हुँदा आज उक्त १५ बाट ११ जना उत्रार्ने सम्भावना छ।

विश्वकपका लागि छनौट भएका रोहित पौडेल ,आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी छन् मध्येलाई प्लेइङ ११ मा पठाइने सम्भावना छ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्